शुक्र, जेष्ठ २२, २०८३

हात्तीको शिकार बन्दै आरक्षपीडित जनता ! दलको चुनावी एजेण्डा, सरकार हेरेको हे¥रै


कञ्चनपुर, २६ माघ न्यायिक पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित(जनता) पछिल्ला बर्षहरुमा बन्यजन्तुको शिकार बन्न लागेका छन । पुर्नस्थापना नहुँदा जंगल, छेउछाउमा झुपडी बनाएर बसेका पीडित जनता मुख्य गरेर ठुला बन्यजन्तु(हात्ती)को शिकार भईरहेका छन ।

तत्तकालिन शुक्लाफाँटा आरक्ष, हाल (निकुञ्ज)बाट विस्थापित आरक्षपीडित हिड्नेबेलादेखि घरमै बसेका बेला हात्तीकोे आक्र्रमणबाट ज्यान गुमाउन बाध्य भएका हुन । पछिल्ला पाँच बर्षयता हात्तीकोे निसानामा आरक्षपीडित जनता परिरहेका छन । कञ्चनपुरको जंगल छेउछाउका बस्तीदेखि गाँउसम्मै पुगेर ताण्डप मच्चाईरहेको हात्तीको बथानले आरक्षपीडित बस्तीदेखि, मानिसमाथि आक्र्रमण गरिरहेको छ ।

२५ मंसिर ०७८ मा ४५ बर्षिया आरक्षपीडित युवक खगिराज रानाको हात्तीको आक्र्रमणबाट ज्यान गयो । त्यसपछि ११माघ ०७९मा ५५ बर्षिया आरक्षपीडित रत्ना सार्कीलाई हात्तीले लखेटेर घाईते बनायो । २८ भदौँ ०८२ मा आरक्षपीडित ४७ बर्षिया डम्बर विष्टलाई पनि घाईते बनायो । सार्की र विष्ट उपचारपछि बैशाखी टेक्ने जिवन विताउन बाध्य भएका छन । गत २ कार्तिक ०८२ मा ६५ बर्षिया आरक्षपीडित बृद्ध श्रीप्रशाद आचार्यले समेत हात्तीको आक्र्रमणबाट ज्यान गुमाए ।

आरक्षपीडित आचार्यले हात्तीको आक्र्रमणबाट ज्यान गुमाएको ६ महिना नवित्दै फेरी ६ बर्षिया नाबालिका रोजिना साउदले ज्यान गुमाएकी छिन । भने, साउदकै ५५ हजुरआमा पार्वती साउद घाईते भएकी छिन । पार्वतीको उपचार भईरहेको छ, भने, रोजिनाको शव उनका बाबुआमाको पखाईमा छन । रोजिनाको बाबुआमा रोजगारीका लागि भारतमा भएकाले उनीहरु आएपछि मात्रै सतगत हुने छ ।

२५ माघ ०८२ आइतबार बिहानपख एकल हात्तीको आक्र्रमणबाट बालिकाले ज्यान गुमाएकी छिन । भने, पार्वती साउदकोे सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेकोे बुझिन्छ । प्रत्यक्षदर्शी महिला रतना कार्कीले जंगलबाट बस्तीतिर आएको एक मात्रै हात्तीले सिधै साउदको घर भत्काउन लागेको बताईन ।

‘एकमात्रै हात्ती थियो, सिधै रोजिनाको घर भत्काउन थालेपछि घरभित्र रहेका दुई किशोर युवा भागे, अनि रोजिना र उनकी हजुरआमा पार्वती भाग्ने क्रममा पछाडीबाट आक्र्मण गरेर घरको पछाडी लगेर मारिदियो, आफुहरुले कराए, अनि आगो बालेपछि मात्रै हात्ती जंगतिर गयो, मिटरभरमै हात्तीले बालिकालाई सुडले ल्याएर जमिनमा लतारिदियो ।

नाबालिका रोजिनाको हात्तीको आक्र्रमणबाट ज्यान गुमेसंगै उनी अध्ययनरत रामेश्वर विद्यालयदेखि घरपरिवार, आफन्तमा सन्नटा छाएको छ । हुर्किन लागेको कोपिला हात्तीको शिकार भएपछि घरपरिवार विद्यालयदेखि समुदायमा सन्नटा छाएको हो ।

लालझाडी गाँउपालिका ६ आरक्षपीडित चान्देव बस्तीमा नियमित हात्तीले आक्र्रमण गरेर घर भत्काउनेदेखि अन्नबाल नष्ट गर्ने ध्वङ समान्य भएपनि मानिसमाथि आक्रमण गरेर घाईतेदेखि मार्न थालेपछि आफुहरु त्रसित भएको उनको दुखेसो छ ।

यसरी बर्षनी हात्तीको आक्र्मणबाट आरक्षपीडित जनता घाँस काट्ने क्रममादेखि घरभित्रै बसेका बेला आक्र्रमण गरेर घाईतेदेखि मृत्युबरणका घटना बारम्बार दोहोरिदा समेत नियन्त्रणका लागि कुनै पनि प्रयास नभएको नागरिकको दुखेसो छ ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष मोतीराम डगौराले हात्तीले पनि गरिब, दिनदुखीमाथि मात्रै आक्र्रमण भईरहेको बताए । अढाई दशकदेखि पुर्नस्थापनाको पखाईमा रहेका आरक्षपीडितको पुर्नस्थापना नारामा मात्रै सीमित भएकाले पीडितले ज्यान गुमाउने, अङभङ नरोकिएपछि मानव वन्यजन्तुद्वन्द्व रोकिएको छैन ।

०६४देखि ०८२सम्मका हरेक निर्वाचनमा दल, तिनका उम्मेदवारले आरक्षपीडितको पुर्नस्थापना गर्ने एजेण्डा अघि सार्ने तर, पुर्नस्थापना नारा, कागजमै सीमित हुँदा अकालमै बन्यजन्तुको आक्र्रमणबाट ज्यान गुमाउनेक्रम रोकिएको छैन । हात्तीको आक्र्रमणबाट ज्यान गुमाएका आरक्षपीडित बालिका र घाईते हजुरआमाप्रति दलहरुले दुख व्यक्त गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा), नेपाली कम्युनिष्ट पाटी(नेकपा), नेकपा एमाले, नेपाली काँग्रेस सहितका दलहरुले दुख व्यक्त गर्दै मृतक परिवारलाई क्षतिपूर्ति, राहतका कार्यक्रम संचालन गर्ने आश्वासन दिएका छन ।क्षेत्र १का उम्मेदवार जनक सिह धामी, बिना मगर,तारालामा सहितका दलका नेता कार्यकर्ताहरु घटना स्थलदेखि बस्तीमा पुगेर घाईतेको उपचारदेखिका पीडित परिवारलाई सक्दो सहयोगदेखिका पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले हात्तीको आक्र्रमणबाट घाईतेको निःशुल्क उपचार, मृतक साउद परिवारमा क्षतिपूर्तिको माग अघि सारेर प्रशासन र निकुञ्ज कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले घाईतेको उपचार राहतका लागि पालिकाबाट कार्यबिधी अनुरुप सहयोग गर्ने आश्वासन दिएका छन ।

सम्बन्धित समाचार