शुक्र, जेष्ठ २२, २०८३

नेताहरूको बेवास्ता, जनताको बलि: लालझाडीमा हात्तीको आक्रमणले ६ वर्षीया बालिकाको ज्यान गयो


कन्चनपुर।कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको आक्रमणबाट एक नाबालिकाको मृत्यु भएको छ। लालझाडी गाँउपालिका ६ चाँन्देवकी ६ वर्षीया रोजिना साउदको मृत्यु भएको हो।

आइतबार बिहान झण्डै ३ बजेतिर आएको हात्तीको बथानले साउदको घरमा आक्रमण गर्दा ५५ वर्षीया पार्वती साउद र उनकी ६ वर्षीया नातिती रोजिना साउद घाइते भएकी भएका थिए।

कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीका अनुसार घाइते दुवैको सिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि ६ वर्षीया बालिका रोजिनालाई धनगढी रिफर गरिएको र अस्पताल नपुग्दै बाटोमै रोजिनाले ज्यान गएको हो।

हात्तीको आक्रमणमा परेका घाइतेद्वयको नेपाली सेनाले उद्दार गरेको थियो । पछिल्ला दिनहरुमा कञ्चनपुरमा जंगली हात्तीको आक्रमण नरोकिएपछि अकालमै मानिस ज्यान गुमाउन बाध्य भएका छन्।

सम्बन्धित समाचार