शुक्र, जेष्ठ २२, २०८३

बैतडीको दोगडाकेदारमा विद्युतीय हाइस दुर्घटना, चालकको मृत्यु


गणेश जोशी कञ्चनपुर–बैतडीको दोगडाकेदारमा विद्युतीय हाइस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया कच्ची सडकखण्डको घोडेधारनजिक शनिबार राति साढे ९ बजे सुप प्र ०२–००१ ज ०६२४ नम्बरको इभी हाइस दुर्घटनामा परेको हो ।

दुर्घटनामा उक्त हाइसका चालक दोगडाकेदार–५ का २५ बर्षीय मदन ठगुन्ना घाइते भएका थिए । घाइते ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

मृतकको शव डडेल्धुरा अस्पातलमा राखिएको छ । हाइसमा चालक मात्रै सवार रहेका बुझिएको छ । दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित समाचार