आइत, असार ७, २०८३

जापानमा अध्ययनरत उमेश सिंह धामीद्वारा आफ्नो जन्मोत्सवको उपलक्ष्यमा अनाथालयमा सहयोग हस्तान्तरण


आदित्य जोशी,कञ्चनपुर – अध्ययनको सिलसिलामा हाल जापानमा रहनुभएका भिनपा–१०, तिलकेनी निवासी उमेश सिंह धामीको सहयोगमा समाज कल्याण अञ्चल बाल अनाथालयमा नास्ता तथा फलफूल वितरण गरिएको छ।

विदेशमा रहेर पनि समाजप्रतिको दायित्व सम्झँदै अनाथ तथा असहाय बालबालिकाको सेवामा गरिएको यस सहयोगले स्थानीयस्तरमा सकारात्मक सन्देश फैलाएको छ।

उक्त अवसरमा उमेशका जन्मदिने आमाले “सबैको भलो होस्, मेरो छोराको उन्नति–प्रगति होस् र आगामी वर्षहरूमा पनि यस्तै सेवा कार्य गर्न पाओस्” भनी शुभकामना व्यक्त गर्नुभएको छ।

त्यस्तै, उनका काका योगेन्द्र जोशीले भविष्यमा उमेश स्वयं नेपाल आएर भौतिक रूपमा उपस्थित भई अझ व्यवस्थित र अर्थपूर्ण तरिकाले जन्मदिन तथा सेवा कार्यक्रम मनाउने योजना रहेको जानकारी दिनुभएको छ।

यस्ता सामाजिक कार्यले समाजमा सहयोग, सहकार्य र मानवीय भावनाको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार