शुक्र, जेष्ठ २२, २०८३

बेलडाँडीमा काँग्रेसको चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय उद्घाटन


कञ्चनपुर, माघ २१ नेपाली काँग्रेसले आफ्ना उम्मेदवार गोपी प्रशाद उपाध्याय जिताउनका लागि बेलडाँडीमा पनि सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।

काँग्रेस क्षेत्रीय कावा सभापति चेतन कुमार राईले उम्मेदवार जिताउन प्रचारप्रसारका लागि बेलडाँडीमा पनि सम्पर्क कार्यालय उद्घाटन गरेको बताए ।

काँग्रेस कावा सभापति राईका अनुसार उम्मेदवार गोपी प्रशाद उपाध्याय सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । उम्मेदवार उपाध्यायले आफु र काँग्रेस जिताउन सबै नेता कार्यकर्ताहरुले सकृय भएर जुटनुपर्ने आब्हान गरेका छन ।

काँग्रेसले क्षेत्रीय स्तरमा कावा सभापति चेतन कुमार राईको संयोजकत्व, बेलौरीमा पेपुराम चौधरी, बेलडाँडी जग बहादुर विष्ट , पुर्नवास खगेन्द्र ओझा, लालझाडीमा लक्ष्मण रानालाई चुनाव प्रचारप्रसारको जिम्मेबारी दिएका छन ।

काँग्रेसले निर्वाचन क्षेत्रका चारै पालिका ३२ वडाहरुमा चुनावी प्रंचारप्रसारका कार्यक्रम तिव्र पारेको जनाएको छ ।

सम्बन्धित समाचार