२०८३ कार्तिक १०, मंगलवार

पाँच महिनापछि पुर्वगृहमन्त्री पुगे जलेको पुर्खौली घर


महेन्द्रनगर, १९ माघः पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि सोमबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुग्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए ।

आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेता समेत रहनु भएका पुर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिनुभयो । लेखकको काठमाण्डौंको नैकापमा रहेको घर, बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । भने महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरि उहाँ आश्रय लिइरहनुभएको छ । पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार समेत गनुर््भयो ।

स्थानीयबासीले गाउँमा भइरहेको सडक पुर्वाधार लगायतका विकासका बारेमा जानकारी गराएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् । नेपाली कांग्रेसले डडेल्धुरामा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन । पार्टीले यहाँ पुर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तिव्रता दिएका छन् ।

सम्बन्धित समाचार