कन्चनपुर , माघ १८ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका निवासी मीन धामी दुबईबाट नेपाल आएका छन्।
लामो समयदेखि वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका धामीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ मा मतदान गर्न विशेष रूपमा नेपाल फर्किएको बताएका छन्।धामीले भने, “देशको भविष्य निर्माणमा आफ्नो मतको मूल्य ठुलो हुन्छ।
त्यसैले काम छोडेर भए पनि मतदान गर्न नेपाल आएँ।” उनले विदेशमा रहेका नेपालीहरूमा पनि देशप्रति जिम्मेवारी र चेतना बढ्दै गएको उल्लेख गरे।उनको यो कदमलाई स्थानीयवासीहरूले सकारात्मक रूपमा लिँदै लोकतान्त्रिक अभ्यासप्रति सचेत नागरिकको उदाहरणका रूपमा प्रशंसा गरेका छन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले समेत मतदानका लागि स्वदेश फर्किनु लोकतन्त्रप्रतिको गहिरो प्रतिबद्धताको संकेत भएको स्थानीयको भनाइ छ।उनले आफूले सँगै ल्याएको वेग मा बालेंन को स्टिकर समेत लगाएर ल्याएका थिए।

