बिहि, जेष्ठ २१, २०८३

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयकको प्रतिवेदन प्रदेशसभामा पेश


केशब भट्ट, कञ्चनपुर सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयकको प्रतिवेदन प्रदेशसभामा पेश गरेको छ।

बुधबार धनगढीमा बसेको प्रदेशसभाको बैठकमा समितिका सभापति दिवान सिंह बिष्टले प्रतिवेदन सभामुख भीम बहादुर भण्डारीसमक्ष पेश गरेका हुन्।

समितिले विधेयकका विभिन्न प्रावधानहरूमा अध्ययन, परामर्श र छलफल गरी आफ्नो प्रतिवेदन तयार पारेको जनाएको छ। सो विधेयकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहहरूमा कर्मचारी सेवाको गठन, व्यवस्थापन र सञ्चालनका लागि कानुनी आधारहरू प्रदान गर्नेछ।प्रतिवेदन पेश गरेसँगै अब विधेयकलाई प्रदेशसभाको छलफलमा अघि बढाइने छ।

प्रदेशसभामा विधेयकका विभिन्न प्रावधानहरूबारे छलफल हुने क्रम जारी रहेको छ। विधेयक पारित भइसकेपछि स्थानीय सेवाका कर्मचारीहरूको व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।सभापति बिष्टसँगै समितिका सदस्य लक्ष्मी विक,रामेश्वर चौधरी,डम्मरी महरा, जुना दानी, र इन्दिरा गिरिले प्रतिवेदन पेश गरेका हुन्।

सम्बन्धित समाचार

Leave a Reply