२०८३ कार्तिक ११, बुधवार

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष भट्टद्वारा पत्रकार सिनालको उपचारमा सहयोग


कञ्चनपुर, माघ ३० निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले पत्रकार सुजित सिनाललाई आर्थिक सहयोग गरेका छन् । काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराई रहेका पत्रकार सिनाललाई नगद ५ हजार रुपैँया सहयोग गरेका हुन् ।पत्रकार सिनाललाई फोन मार्फत स्वास्थ्य अवस्था बुझदै स्वास्थ्य लाभको कामनासहित स्वास्थ्य उपचारमा सहजता होस भनेर आर्थिक सहयोग गरिएको बताए । साथै उनले पत्रकार सिनालको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।पत्रकार सिनालले आफनो उपचारमा सहयोग गरेको प्रती निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टलाई धन्यवाद व्यक्त गरेका छन् । हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भई रहेको छ । समाजसेवी समेत रहेका भट्टले यस अघि पनि विभिन्न दिनदुखीहरुलाई आर्थिक, भौतिक, नैतिक सहयोग गर्दै आएका छन ।

सम्बन्धित समाचार

Leave a Reply