शनि, जेष्ठ २३, २०८३

बहुमत निकट क्रान्तिकारीद्वारा अनाथ विद्यार्थीलाई पोषाकदेखि खाद्यान्न


कञ्चनपुर, माघ ९नेपाल कम्युनिष्ट पाटी(बहुमत) निकट अखिल क्रान्तिारीले कञ्चनपुरका अनाथ बालबालिका विद्यार्थीलाई पोषाकदेखि खाद्यान्न सहयोग गरेको छ । बहुमत निकट अखिल क्रान्तिकारी सुप प्रदेशका पुर्व ईन्चाज एव नेकपा बहुमत कञ्चनपुरका नेता सुरेन्द्र धानुकले अनाथ बालबालिकाहरुलाई सहयोग गरेको बताए ।

शुक्रबार सरस्वती पुजाको अवसरमा महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा रहेका बालबालिकाहरुलाई सहयोग गरेको बताए ।

उनका अनुसार २१ थान सर्टहरु,किचनको लागि १ थान मिक्सर मेसिन,२ दर्जन कापी, १ बण्डल पेन्सिल,१ बण्डल इरेजर, १ थान भलिबल, १ थान फुट्बल, ७ थान तन्नाहरु लगायत फलफुल फलफुल वितरण गरिएको छ ।

समाजसेवी सुरेश खडकाको सहयोग एव अखिल क्रान्तिकारीका नेता प्रकास भट्टको विशेष भूमिकामा अनाथ बालबालिकाहरुका लागि आवश्यक चाहिने बस्तु तथा समाग्री वितरण गरिएको छ ।

सम्बन्धित समाचार