शनि, जेष्ठ २३, २०८३

कञ्चनपुर क्षेत्र १ चुनावी भिडन्त ः पुर्वसासंद राना, मन्त्रीद्वय मगर,तामाङ्गसंग धामी र उपाध्याय चुनावी मैदानमा


कञ्चनपुर, ९माघ कञ्चनपुर निर्वाचन क्षेत्र १बाट प्रतिनिधी सभा सदस्य(सासद)का लागि १५ दल सहित चार स्वतन्त्रका १९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । क्षेत्र १मा जेनजीयुवा पुस्ता, महिला, दलित युवादेखि पुर्व सासंद, मन्त्री चुनावी मैदानका उत्रिएका हुन । २७ बर्षिया जेनजी चार युवा पनि चुनावी मैदानमा होमिएका छन ।

स्वतन्त्रबाट अनिल राना, यादव सिह, मितेरी पाटीका सियाराम राना र संयुक्त नागरिक पाटीबाट दानियल विक सबैभन्दा कान्छा उम्मेदवार पनि सासदको यात्रामा होमिएका हुन । १८ बर्षअघि क्षेत्र १बाटै पहिलो संविधान सभा सदस्य जितेका पुरन रानाथारु पनि यस पटक चुनावी मैदानमा होमिएका छन ।

पुरन रानाथारु नेकपा(माओवादी)बाट उम्मेदवार भएका छन । ०७० मा काँग्रेसका नेता दिवान सिह विष्टसंग पराजित नेपाली कम्युनिष्ट पाटी(नेकपा)की नेतृ बिना मगर चौथो पटक चुनावी मैदानमा होमिएकी छिन । ०७०मै तारालामा तामाङ्क तत्तकालिन क्षेत्र २बाट काँग्रेस नेता एनपी साउदसंग पराजित भएका थिए । ०७४ मा काँग्रेसकै दिवान सिह विष्टसंग निर्वाचित मगर ०७९ मा एमालेका तारालामा तामाङ्कसंग पराजित भईन ।

०७४मा तत्तकालिन नेकपा एमाले, माओवादीविच भएको चुनावी गठबन्धन अनुरुप क्षेत्र १बाट बीना मगर निर्वाचित भएर खानेपानी बनिन् । भने, १(क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित तारालामा तामाङ्क सुप प्रदेशको आर्थिक मामिलामन्त्री भएका थिए । बिना र तारा ०७४ मा एकै मोर्चा, फेरी ०७९ मा फरक दल, अहिले ०८२मा पनि दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन ।

पुर्व सांसद राना, पुर्व प्रदेशका मन्त्री तामाङ्क र संघीय सरकारकी पुर्वमन्त्री मगरसंग राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का युवा नेता जनक सिह धामी र काँग्रेस क्षेत्रीय सभापति पहिलो पटक ससदीय यात्रा डेब्यू गर्न लागेका छन ।

उपाध्याय र धामी विगतमा एकै मोर्चा नेवि संघ हुदै काँग्रेसी राजनीतिमा होमिएका थिए । तीन बर्ष अघि मात्रै काँग्रेस परित्याग गरेका धामी रास्वपाबाट उम्मेदवार बनेका हुन । अहिले चारै उम्मेदवार टप प्रतिस्पर्धामा रहेको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार