शनि, जेष्ठ २३, २०८३

उज्यालो नेपालबाट पर्सा १ मा परागको उम्मेदवारी


काठमाडौँ,उज्यालो नेपाल पार्टीको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रामकिशोर सिंह (पराग )ले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पराग पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

उनी यसअघि ०७९ सालको स्थानीय निर्वाचनमा वीरगन्ज महानगरपालिका २० मा वडाध्यक्षमा निर्वाचित भएका थिए । पराग प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि आज नै वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनले जेन–जी आन्दोलनको क्रममा नेकपा एमालेको महानगर कमिटीको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित समाचार