कञ्चनपुर , माघ ३० कञ्चनपुरका युवा नेता शिरोमणी कुमार ओझा(सुर्य) काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा मनोनित भएका छन ।
ओझालाई काँग्रेस सुप प्रदेश समितिले आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।
काँग्रेस सुप प्रदेशका सभापति बीर बहादुर बलायरले पाटीको विधान अनुरुप ओझालाई आमन्त्रित सदस्यमा मनोनित गरेको जनाएका छन ।
ओझाले पाटीले दिएको जिम्मेबारी निर्वाह गर्ने प्रतिज्ञा गरेका छन ।

