कञ्चनुर।प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ता देशभरिका निर्वाचन क्षेत्रमा चलिरहेको छ। १६५ क्षेत्रमा उत्साहका साथ मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ।
यसपटकको निर्वाचनमा नयाँ दलहरू पनि सशक्त रूपमा उदाएकाले निर्वाचन थप रोचक बनेको छ। निर्वाचन आयोगले सबै दललाई समय तोकेर उम्मेदवारी दर्ताको तालिका मिलाएको छ। पूर्वप्रधानमन्त्री चारजना यसपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
केपी ओली झापा ५, पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व, माधवकुमार नेपाल रौतहट १ र बाबुराम भट्टराई गोरखा २ बाट प्रतिस्पर्धा गर्दै छन्। कांग्रेसका नेता शेरबहादुर देउवाले भने चुनाव नलड्ने भएका छन्।

