शनि, जेष्ठ २३, २०८३

बालेन्द्र शाहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताउनु भयो ।

झापा-५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भिडन्त हुने पक्का भएको छ । ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुहुनेछ ।

दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।

सम्बन्धित समाचार