आदित्य जोशी कञ्चनपुर, माघ ३० कञ्चनपुरको एक निजी विद्यालयले विज्ञान तथा कला प्रर्दशनी गर्न लागेको छ ।
भीमदत्त नगरपालिका १८ कटानमा रहेको सनराईज पब्लिक स्कुलले बिहीबार विज्ञान तथा कला प्रंर्दशनी गर्न लागेको हो ।
सनराईज पब्लिक स्कुलका संचालक दिपक चालिसेले विद्यार्थीमा पढाईका अतिरिक्त थप ज्ञान अभिबृद्धिका लागि एक दिने विज्ञान तथा कला प्रर्दशनी गर्न लागेको बताए ।
उनका अनुसार विद्यार्थीमा भएका कला प्रर्दशनीका लागि उनीहरुमा क्षमता अभिबृद्धिका विद्यालयले १७औँ पटक प्रंर्दशनी गर्न लागेको बताए ।
आगामी दिनमा थप स्तरिय डिजिटल सहितको गरिने छ । विज्ञान कला प्रर्दशनीमा बाह्य विद्यालयका विद्यार्थीको समेत अवलोकन गर्नेछन ।
एक दिने प्रर्दशनी भएपनि विद्यालयको बार्षिकोत्सवसम्मै प्रर्दशनी राखिने छ ।

