शनि, जेष्ठ २३, २०८३

व्यवसायी संघको नयाँ कार्यसमिती चयन !


कंचनपुर । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न ।संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व सम्मत रुपमा अध्यक्षमा दोहिरिएका हुन ।

सुनारको अध्यक्षतामा सर्व सम्मत नया समिती चयन गरिएको हो ।संघको बरिस्ठ उपाध्यक्षमा ध्रुब निरौला र उपाध्यक्षमा डम्बर गहतराज र मनोज सिह सुनार चयन भएका छ्न।

संघको महासचिवमा अशोक ठाकुर र सचिवमा अन्जु सुनुवार र कोषाध्यक्षमा सुमित लामिछाने अधिवेशनबाट चयन भएका छ्न ।नया समितीको सदस्यमा राजेन्द्र पौडेल, रोशन शोब, प्रकाश बिक, मुनिदेबी शाह, चादनी ठाकुर, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मीन बहादुर सुनार र सुरेन्द्र सोब सदस्य भएका छ्न ।

संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोस लामिछानेले अधिवेशन उद्घाटन गरे ।संघको १७ औ साधारण सभा तथा सातौ अधिवेशनको अध्यक्षता सुरत बहादुर सुनारले गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष जगदिश निरौला, टेक बहादुर सुनार र उमेश सुनुवारलाई सम्मान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि लामिछाने र अध्यक्ष सुनारले टिका र खादा लगाएर सम्मान पत्र प्रदान गरे ।प्रमुख अतिथी लामिछानेले सरकारले आफूहरुको माग वेवास्ता गर्दै आएकोले व्यव्साय संकट्मा परेको बताए ।

उनले संघ जुनसुकै बेला पनि आन्दोलनमा जान सक्ने भएकाले व्यवसायीहरुलाई तयार रहन आग्रह गरे ।सुनचाँदी व्यवसाय परापूर्व कालदेखि चल्दै आएर अहिले आधुनिक युग सम्म पुगेको उल्लेख गर्दै उनले सरकारले कच्चा पदार्थको कोटा माग अनुसार दिनु पर्ने बताए ।बर्दघाट बैठक बाट कच्चा पदार्थको कोटा वढाउन माग गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले अहिले बिश्व राजनितिका कारण व्यवसायमा समस्या परेको वताए ।

सम्बन्धित समाचार