सोम, जेष्ठ २५, २०८३

धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास गर्ने युवक पक्राउ


धनगढी । धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि युवकले चक्कु प्रहारको प्रयास भएको छ ।

मंगलबार राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन ।

सम्बन्धित समाचार

Leave a Reply