शनि, जेष्ठ २३, २०८३

कञ्चनपुरमा सशस्त्र र नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना गर्दै, पहिलो दिन २सय ११ले दिए दरखास्त


कञ्चनपुर, पुष २५आगामी २१फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यबिधी अनुरुप निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ ।जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले निर्वाचनका लागि कञ्चनपुरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यबिधी अनुरुप निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षतामा बसेकोे जिल्ला सुरक्षा समिति बैठकले निर्वाचनका लागि कञ्चनपुरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यबिधी अनुरुप निर्वाचन प्रहरी भर्ना गर्न लागेको जनाएको छ । प्रजिअ कोईरालाको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्य सचिव सप्रजिअ मोहनचन्द्र जोशी, सदस्य एसपी खडक खत्री, सशस्त्रका एसपी लोकेन्द्र भट्ट अनुसन्धान उपनिर्देशन प्रकास शाह,सेनानी सन्तोष कुमार अधिकारी उपस्थित बैठकले निर्वाचनको सुरक्षा बारे समिक्षा सहित निर्वाचन प्रहरीको भर्ना, छनौटका लागि निर्णय गरेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसी सागर बोहरा, सशस्त्र प्रहरीका डिएसपी देवराज जोशी, अनुसन्धान अधिकृत नरेन्द्र प्रशाद जोशी, सहसेनानी सुरज कटुवाल सदस्य प्रहरी निरीक्षक बिरेन्द्र सिह थापा सदस्यसचिव रहने गरेर निर्वाचन प्रहरी भर्ना छनौट उपसमिति विस्तार गरेको छ । केन्द्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीमा निर्वाचन प्रहरी भर्ना छनौटका लागि संयुक्त सुचना जारी गर्ने सहमती भएको छ ।

जस अनुरुप भर्ना, छनौट एकीकृत गरेपनि परिचालन आ–आफ्नै कमाण्डमा गर्ने जनाएको छ । ४०दिनका लागि खटिने निर्वाचन प्रहरी भर्नाका लागि नेपाल प्रहरीले १लाख, ३३हजार ९सय ९० र सशस्त्र प्रहरीले १५ हजार १सय १०कोटा पाएपनि कञ्चनपुरमा अहिलेसम्म कति भर्ना स्पष्ट भएको छैन ।कञ्चनपुर प्रहरीले निर्वाचन सुरक्षाका लागि आब्हान गरेको दरखास्त अनुरुप २सय ११जनाले दरखास्त दिएका छन ।

सम्बन्धित समाचार