धनसिह धामी कञ्चनपुर, २४पुषकञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता अहिले लालपुर्जाका मालिक भएका छन ।
बेदकोट ८ का जनताले दशक अर्थात ६० बर्षपछि लालपुर्जा पाएर जमिनको मालिक भएका हुन । दुई बर्ष ७० र अहिले ६१ किसानले लालपुर्जा पाएको बेदकोट नगरपालिका ८नम्बर वडा कार्यालयले जनाएको छ । जमिन उपभोग गरेको बषौँपछि बेदकोट ८ का स्थानीय १सय ३१ किसानले जमिनको स्वामित्व पाएका छन ।
भने, बेदकोट नगरपालिका ६का ३१किसानले पनि लालपुर्जा पाएका छन ।, झण्डै ६ दशक अर्थात ६१ बर्षपछि उनीहरुले जमिनको लालपुर्जा पाएका हुन । स्व.महेन्द्रराजाले ऐलानी खोलेका बेला ०२२ सालदेखि यता पहाड सहित अन्यन्त्र जिल्लाबाट साविक सुडा पञ्चायत, गाविस हुँदै हाल बेदकोट नगरपालिका ८ मा बसाईसरी आएका थिए ।
यस विचमा लालपुर्जा पाउनबाट बञ्चित एव छुट स्थानीयले अहिले आएर पाएका छन । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले लामो समयको प्रतिक्षा पछि १सय ३१ किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए ।
वडाध्यक्ष जोशीले वडाबाट २सय १३ किसानलाई लालपुर्जा वितरणका लागि सिफारिस गरेपनि जिल्ला भूमि आयोगले पहिलो चरणमा ७० र अहिले ६१ किसानलाई मात्रै लालपुर्जा वितरण गरेको बताए । वडाध्यक्ष जोशीले बषौँदेखि जमिन उपभोगदेखि संरक्षण गर्दै आएका किसानले ढिलोगरी लालपुर्जा पाएको बताए ।
तत्तकालिन नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरका युवा नेता जोशीले नागरिकलाई जमिनको मालिक बनाउनुपर्ने आफुहरुको दायित्व रहेको औल्याएका छन ।
बेदकोट नगरपालिका ६का वडाध्यध्यक्ष तुलसी रानाले पनि यस अघि पुर्जा नपाएका किसानले अहिले पाएको बताए । वडाध्यक्ष रानाले पनि छुटपुट पछि पनिवितरण गरिने बताए । नेकपा नेता समेत रहेका वडाध्यक्ष रानाले जनताको भावना अनुरुप कामकाज गर्नुपर्ने बताए ।
बेदकोट नगरका मेयर भोजराज बोहराले ८ र ६ नम्बर वडा जस्तै अन्य वडाहरुमा समेत लालपुर्जा वितरण गरिने बताए । मेयर बोहराले वडाध्यक्ष महेश दत्त जोशी, तुलसी राना सहित पालिका, आयोग सहितको प्रयासले केही किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए ।
काँग्रेस नेता समेत रहेका मेयर बोहराले अन्य वडाध्यक्षहरुलाई समेत आयोगको कामकाज अघि बढाउन आब्हान गरेका छन । बेदकोट नगरका उपमेयर तुलसी जोशीले ८कोे जस्तै अन्य वडाहरुले समेत सकृय हुनुपर्नेमा जोडदिदै नगरका १० वटै वडामा बाँकी रहेको काम शिघ्र गर्नुपर्ने अनुरोध गर्दै आवश्यक स्रोत साधन दिईने बताए ।
‘हामी अन्य वडामा समेत शिघ्र लालपुर्जा वितरण गछौँ, ‘उपमेयर जेशीलेले भनिन, ‘यस अघि जमिन नापजाँच भएकोदेखि अन्य सबैतिर हामीपनि पालिकाबाट आवश्यक सहयोग गछौँ, तपाईहरु समेत फिल्डमा खटिनुहोला ।
’ काँग्रेस नेतृ समेत रहेकी उपमेयर जोशीले जनतालाई सम्पत्तीको हक दिलाउनु स्थानीय सरकारको कर्तव्य रहेको औल्याईन । ६ दशकपछि जमिनको मालिक भएका स्थानीयले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन ।
उनीहरुले बेदकोट ८, नगरपालिका नेतृत्व एव भूमि आयोगप्रति आभार प्रकट गरेका छन । स्थानीय रतनराम लुहारले बाजेका पालामा बसेको र अहिले नातीका पालामा आएर जमिनको स्वामित्व पाएको बताए । ‘हामी त यहाँ दार्चुलाबाट आएका हौँ, ‘उनले भने, ‘यो ६० बर्षसम्म जमिन जोते खाए तर कानुनी रुपमा हामीसंग जमिनको केही प्रमाण थिएन, आज पाएर खुसी भएका छौँ ।
’लालपुर्जा पाएकी अर्का स्थानीय सुनिता नाथले पनि ससुराका पालामा ०२२ सालतिर बसेको र अहिले ०८० सालमा आएर मात्रै लालपुर्जा पाएको बताईन । ‘हाम्रो परिवार उतिबैले ऐलानी खुलेका बेलामा बसेको थियो, ‘उनले भनिन, ‘यस विचमा कुनै पनि सरकार र आयोगले हामीलाई लालपुर्जा दिएर अहिलेका जनप्रतिनिधी, सरकार र आयोगले हामीलाई जमिनको मालिक बनाएको छ, हामी खुसी भएका छौँ ।
’ बेदकोट नगरपालिकाले अन्य वडाहरुमा पनि यसैगरी लालपुर्जा वितरण गर्ने जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रशाद रिजालले बेदकोट नगरपालिका ८सहित देशभरका वडा, पालिका, आयोगहरु समेत सकृय हुनुपर्ने बताएका छन ।
अध्यक्ष रिजालले स्थानीय जनप्रतिनिधी सहितका सरोकारवाला निकाय सकृय हुनुपर्ने बताए । कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

