कञ्चनपुर । नेपाली काँग्रेस संस्थापन ईतर पक्षले आउँदो २७ र २८पुष काठमाण्डौँमा विशेष महाधिवेशन गर्न लागेको छ ।
यस अघि पाटीले पनि विशेष महाधिवेशन गर्ने निर्णय गरेको तर अन्तिममा आएर नहुने घोषणा गरेपछि महामन्त्रीद्वय विश्वप्रकास शर्मा र गगन थापा पक्षधरले विशेष महाधिवेशनको विकल्प नभएको घोषणा गरेका छन ।
काँग्रेस नेताद्वय थापा, शर्माले पाटीको बहुमत महाधिवेशनको पक्षमा रहेको दावि गर्दैैै पुन देशभरबाट सहभागिताका लागि आब्हान गरेका छन ।
यसैविच काँग्रेस कञ्चनपुरका प्रभावशाली नेता एव महाधिवेशन सदस्य गोपाल गुरुङ्गले समेत पाटीदेखि देश जनता जोगाउनका लागि विशेष महाधिवेशनको विकल्प छैन भन्दै राजधानी हिडेका छन ।
बुधबार आफुसग ५÷७जना अरु नेता कार्यकर्ताहरु समेत सहभागि भएको तर केही दिनमै १७जना महाधिवेशन प्रतिनिधी आउने दावि गरेका छन ।
‘उतिबेला विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने म सहितका ११जना खुलेका थियौँ, अहिले सुन्दैछु १७ पुगेका छन, ति मध्येपनि संस्थापन पक्षले केहीलाई रोक्न रोज्दैछन, यो लोकतन्त्रका लागि स्वीकार्य छैन, हामी पाटी फुटाउन होईन लोकतान्त्रिक पाटीलाई झन लोकतान्त्रिक भएको जनतामा देखाउन हिडेका छौँ ।
नेता गुरुङ्गले कञ्चनपुरमा पहिलेका संस्थापन ईतर मात्रै होईन देउवा पक्षका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता हुने दावा गरेका छन ।

