कञ्चनपुर माघ २९ कञ्चनपुरका स्थानीय नागरिक एव सरोकारवालाहरुले सीमा सुरक्षामा जोडदिएका छन । जिल्लाको पुनर्वास नगरपालिका ११डोकेबजारदेखि भीमदत्त नगरपालिका ९ ब्रम्हदेबसम्म भारतीय पक्षबाट ठाँउ ठाँउमा भईरहेको सीमा अतिक्रमण, हस्तक्षेप रोक्नुपर्नेमा जोडदिएका छन ।
उनीहरुले सीमा सुरक्षाका लागि संघीय सरकार प्रमुख जिम्मेबार बन्नुपर्नेमा जोडदिएका हुन । स्थानीयले सरकार कञ्चनपुरको सीमा सुरक्षामा उदाशिन, खाली कुर्सीको पछि मात्रै दोडिरहेको र सत्तामा हुँदा चुपचाप सत्ता बाहिर जाँदा भारतको बिरोध गर्ने प्रवृति समेत हटाउनुपर्नेमा जोडदिएका छन ।
मंगलबार बेलौरी नगरपालिकामा सुदूरपश्चिम प्रदेश नीति तथा अनुसन्धान प्रतिष्ठानको सहकार्यमा अनुभव सञ्चार धनगढीले आयोजना गरेको सीमा क्षेत्रका समस्या, सुशासन र वित्तिय अनुशासनमा असर बारे सरोकारवालाहरुसंग सम्वाद कार्यक्रममा स्थानीयले सीमा सुरक्षामा जोडदिएका छन ।
स्थानीयले काँग्रेंस एमाले नेतृत्वको सरकार भएपनि जिल्लामा सीमा अतिक्रमण रोक्न नसकिएको चिन्ता व्यक्त गरेका छन । कार्यक्रममा अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक समेत रहेका पल्वराज भट्टले ‘सीमा क्षेत्रका समस्या, सुशासन र वित्तिय अनुशासनमा यसको असर’ विषयक कार्यपत्र प्रंस्तुत गर्दै सुदूरको कैलाली, कञ्चनपुरदेखि दार्चुलासम्मै भारतीय पक्षबाट सीमा अतिक्रमण भएको बताए ।
स्ट्रीप नक्साकै कारण भारतीय पक्षबाट सीमा अतिक्रमण भईरहेको बताएका छन । सीमा अतिक्रमण रोक्नका लागि तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्दै जानुपर्ने बताए । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष समेत रहेका सीमावर्ती स्थानीय दुर्गा प्रशाद चौधरीले भारतीय पक्षबाट बेलडाँडीमा समेत दर्तावाला जमिनमै पिलर गाडेर हटाउन दवाव दिईरहेको दुखेसो पोख्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले आफुले सीमा अतिक्रमण रोक्न व्यक्तिगतदेखि संस्थागत पहल गरेको बताए ।
सीमावर्ती क्षेत्रका स्थानीय तहका प्रमुख बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी, पुनर्वासका प्रमुख तोया प्रशाद शर्मा र दोधाराचाँदनीका प्रमुख किशोर कुमार लिम्बुले बषौँदेखि कञ्चनपुरको सीमा विवाद संघीय सरकारले भारतसंग कुटनैतिक पहल गरेर समाधानमा जोडदिएका छन ।
मेयरत्रय शर्मा, चौधरी र लिम्बुले आफुहरु आ–आफ्नो तहबाट सीमा सुरक्षाका लागि भूमिका निर्वाह गर्दै आएको बताएका छन ।

