कञ्चनपुर, पुष १७ कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा जिल्लाका एक युवा उद्यमी व्यवसायी समेत सदस्य पदको दौडमा छन ।
आउँदो शनिबार(१९ पुष)मा हुन लागेको वाणिज्य संघको १८औँ कार्य समिति चयनका लागि हुन लागेको निर्वाचनमा संघको खुला सदस्य तर्फ युवा व्यवसायी लोकराज भट्ट समेत चुनावी मैदानमा उत्रिएका हुन । महेन्द्रनगर स्थित न्यू सहस्त्रलिङ्ग च्वाईस सेन्टरका संचालक समेत रहेका भट्ट पहिलो पटक सदस्यमा देखिएका छन ।
झण्डै दुई दशकदेखि व्यवसाय गर्दै आएका युवा व्यवसायी भट्टले संघको सदस्यमा दौडिएका हुन । भट्टले संघमा युवा व्यवसायको समेत सहभागिताका लागि भन्दै सदस्यमा आफुलाई अघि सारेका छन ।
सदस्य भट्टले साना व्यवसायीहरुको हकहितका साथै आम व्यवसायीहरुलाई समेत जोड्ने योजनाका साथ आफुले सदस्य पद रोजेको बताए ।
‘हाम्रां जिल्लाभरीका साना व्यवसायी अझैपनि संघमा जोडिएका छैनन, ‘उनले भने, ‘कञ्चनपुरका साना व्यवसायीहरुको हकहितका लागि मैले काम गर्छु, त्यसकै लागि मैले उम्मेदवारी दिएको छु ।
’ भट्टले जिल्लाभरी आफ्ना एजेण्डा लिएर जिल्लाव्यापी मत मागिरहेका छन । उनले साना व्यवसायीहरुको हकहितका साथै जिल्लाको संस्थागत बृद्धि विकासका लागि काम गर्ने प्रतिज्ञा गरेका छन ।
भट्टले यस पटक साना व्यवसायीहरुसंग अवसरको मौका दिन आग्रह गर्दै आम व्यवसायीहरुको दिएको विश्वास खेर जान नदिई कटिबद्ध भई काम गर्ने प्रतिज्ञा गरेका छन ।

