शनि, जेष्ठ २३, २०८३

माओवादी युवा नेता जप्रेलले वनमन्त्री भेटेरै सुदूर र कर्णालीको जटिबुटी वन स्रोत उपभोगबारे ध्यानाकर्षण गराए


कञ्चनपुर, पुष १६ नेपाल कम्युनिष्ट पाटी(माओवादी)का युवा नेता प्रकास जप्रेलले वनमन्त्रीलाई भेटेरै सुदूरपश्चिम प्रदेशको काठको समस्या र कर्णाली प्रदेशको जटिबुटी सम्भवाना बारे ध्यानाकर्षण गराएका छन ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)का युवा नेता जप्रेलले वनमन्त्री माधव प्रशाद चौलागाईलाई भेटेरै सुदूरपश्चिम प्रदेशको काठको समस्या र कर्णाली प्रदेशको जटिबुटी सम्भवाना बारे ध्यानाकर्षण गराएका हुन ।

अखिल समाजवादीका केन्द्रीय महासचिव समेत रहेका माओवादी युवा नेता जप्रेलले कर्णाली र सुदूरपश्चिम प्रदेशको काठदेखि वनमा रहेका सम्भावना बारे ध्यानाकर्षण गर्दै सहि कानुनी अनुरुप सदुपयोगमा जोडदिएका छन ।

नेता जप्रेलले बषौ देखि सुदूरको कैलाली, कञ्चनपुरमा वनजंगलमा सडिरहेको काठ उपभोक्तादेखि बजारमा बिक्रि वितरण गरेर राजस्व बृद्धि गर्नुपर्ने र सुप सहित कर्णालीको यार्चागुम्मा सहितका जटिबुटी विश्व बजारमसम्म पु¥याउँदै स्वदेशमै आम्दानीका कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

विद्यार्थी कार्यकालमा जप्रेलले सुदूर, कर्णाली सहितका प्रदेशमा बटुलेका वन, बन्यजन्तु सम्बन्धीका अनुभव समेत मन्त्रीलाई सुनाए ।

वनमन्त्री माधव प्रशाद चौलागाईले युवा नेता जप्रेलले उठान गरेका विषयमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको र उक्त विषयमा मन्त्रालयले कार्य योजना बनाउने बताए ।

विद्यार्थी नेता जप्रेल शैक्षिक सहित विभिन्न समाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक, अन्र्तराष्ट्रिय विषय उठान गर्दै आएका छन ।

सम्बन्धित समाचार