सामाजिक सञ्जालमा गायिका एलिना चौहानले भावुक हुँदै बिष्णु सापकोटासंगको विवाह सम्बन्धको बारेमा स्टाटस लेखेकी छन् ।
“प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ । भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्यतय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।”
गायिका एलिना चौहान र सापकोटा बीचको विवाह सम्बन्धलाई लिएर समाजिक सञ्जालमा एक, दुई महिना देखि नै डिभोर्स सम्बन्धी चर्चामा आएको थियो ।
गायिका चौहान र सापकोटाकाे विवाह भएको एक वर्ष नपुग्दै डिभोर्स भएको छ । उनिहरूले केही महिनअगाडि निकै धुमधामका साथ प्रेम विवाह गरेका थिए ।

