कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बीर बहादुर सिह(ठकुरी)ले विद्यावारिधी(पिएचडी) गरेका छन । सुपविका उपप्राध्यापक ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी(पिएचडी) गरेका हुन ।
सुदूरपश्चिम कञ्चनपुरको दक्षिणी भेगमा रहेको बेल्डाँडी गाउँपालिकाबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्ने पहिलो विद्यार्थी ठकुरी बनेका छन । बेल्डाँडी गाउँपालिका–स्थित रौलेश्वर माध्यमिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका डा. ठकुरी ग्रामीण परिवेशबाट उच्च शैक्षिक उपलब्धि हासिल गर्दै बेल्डाँडी क्षेत्रकै सम्भवतः पहिलो पिएचडी धारक बनेको तथ्याङ्कले जनाएको छ ।
सिहले १६पुष ०८२मा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (फाइनल भाइभा) सफलतापूर्वक सम्पन्न गरेका छन । फाइनल भाईभा सम्पन्न पश्चात सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै डा. ठकुरीले यस उपलब्धिलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन्।
सिहले कुलदेवता, बुवा–आमा तथा जीवनमा ज्ञानको उज्यालो छर्ने सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन व्यक्त गरेका छन्। साथै, कार्यक्रममा अध्यक्षता गर्ने त्रिविका डीन डा. बामदेव अधिकारी, सहायक डीन डा. खोमराज खरेल, मूल्याङ्कन समितिका सदस्यहरू, शोध निर्देशक प्रा.डा. केशवप्रसाद अधिकारी, सह–शोध निर्देशक प्रा.डा. चक्रपाणी लुइटेल, ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख डा. शुमन खरेललगायत प्रत्यक्ष, अप्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति कृतज्ञता प्रकट गरेका छन्।सिहले त्रिभुवन विश्वविद्यालय बाट ग्रामीण विकास विषयमा “भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक–आर्थिक प्रभावहरू”क्यअष्य भअयलयmष्अ क्ष्mउबअतक या ँयचभष्नल भ्mउयिथmभलत ष्ल द्यजभझमबततब ःगलष्अष्उबष्तिथ, प्बलअजबलउगच“ शिर्षकमा विद्यावारिधि (पिएचडी) गर्दै डाक्टर लगाउन सफल भएका छन्।
डा. ठकुरी यसअघि सहायक परीक्षा नियन्त्रकको जिम्मेवारी निर्वाह गरिसकेका उनी हाल मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत विभागीय प्रमुखको रूपमा समेत कार्यरत रहेका छन्।ग्रामीण पृष्ठभूमिबाट उच्च शैक्षिक उपलब्धि हासिल गरेका डा. ठकुरीको यस सफलताले बेल्डाँडी क्षेत्रसहित सिंगो सुदूरपश्चिमका युवाहरूलाई उच्च शिक्षातर्फ प्रेरणा दिने विश्वास गरिएको छ। सिहले डा. गरेसगै बेलडाँडी सहित ग्रामिण भेगका विद्यार्थीका लागि प्रेरणाका स्रोत बनेका छन ।

