कञ्चनपुर । आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका एक युवा उद्यमीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । राजावादी लिगेशी राख्दै आएका भीमदत्त नगरपालिका ५महेन्द्रनगरका स्थानीय युवा उद्यमी दिवान आग्रीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।
आग्रीले बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधी सभा सदस्यमा चुनाव लड्ने घोषणा गरेका छन ।आग्री राजतन्त्रदेखि गणतन्त्रसम्म हुने सबै निर्वाचनमा उम्मेदवार बन्दै आएका छन । ०६२सालमा तत्तकालिन राजा ज्ञानेन्द्र शाहले घोषणा गरेको स्थानीय निकाय निर्वाचनमा भीमदत्त नगरको मेयरमा चुनाव लडेका थिए ।
०७२मा नयाँ संविधान जारी भएसगै ०७४ र ०७९ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा उनी क्षेत्र३(क)बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । तीनै चुनाव लडेर ढलेपनि उनी अझै ढलेका छैनन ।मेयर, प्रदेश सांसदपछि प्रतिनिधी सभा सदस्य(केन्द्र्रीय) सासदको यात्रामा हिडेका छन ।
विगतका चुनावमा उनको ‘आउँदै छ, दिवान आग्री तपाईको भर्न खाली गाग्री भन्दै’ चुनावी नारा लिएर हिडेका आग्रीले यस पटक पनि विगतकै चुनावी एजेण्डा लिएर अघि बढ्ने घोषणा गरेका छन ।‘मैले विगतमा उठान गरेका चुनावी एजेण्डा अहिलेसम्म जित्नेहरुले पनि पुरा गर्न होईन, शुरुवात पनि गरेका छैनन, ‘उनले भने, ‘अब आफैले जित्ने, आफ्ना एजेण्डा कार्यान्वयन गर्नेछु ।
’ आग्रीले ‘एक घर एक रोजगार’चुनावी एजेण्डा अघि सारेका छन ।सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगका संचालक समेत रहेका आग्रीले स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्ने उद्घोष गरेका छन । ‘म गरिबको छोरो हु, उनले भने, विदेश गएर मात्रै केही हुँदैन, ‘अहिलेसम्म जितेकाहरुले जनता ढाँटे अब मैले राज्यको सेवा सुविधा नलिएरै काम गर्छु ।’ दलहरुले उम्मेदवार सिफारिस गरिरहेका बेला आग्रीले आफु कुनैपनि दलको मान्छे नभएको र सदस्यता समेत नलिएको भन्दै सहयोगका लागि अपिल गरेका छन ।

