शनि, जेष्ठ २३, २०८३

शुक्लाफाटा नगरपालिकामा पहिलोपटक कृष्णलीला सांस्कृतिक महोत्सव आयोजना हुँदै


कञ्चनपुर, शुकलाफाटा नगरपालिकामा पहिलोपटक कृष्णलीला सांस्कृतिक महोत्सव-२०८२ हुने भएको छ।

शुक्लाफाटा नगरपालिका-७ सिमलफाटामा रहेको पशुपतिनाथ मन्दिरमा यही पौष १८ गतेदेखि पशुपतिनाथ सेवा समिति को आयोजनामा कृष्णलीला सांस्कृतिक महोत्सव हुने भएको हो।

कृष्ण लिला सांस्कृतिक महोत्सव पौष १८ गते बिहान १० बजे दिव्य कलश यात्राका साथ कार्यक्रम शुभारम्भ गरी ९ दिनसम्म चलने छ।

यस धर्मोत्सवमा कृष्ण भगवानका विभिन्न झाँकी प्रदर्शन गराइने र ९ दिनसम्म कथा प्रवचनका साथ दिव्य दिव्य भक्ति संगीतमा रमाउन सकिने र काठमाडौँको पशुपतिनाथमा हुने शृङ्गारिक महाआरती मा रमाउन सकिने कार्यक्रम आयोज पशुपतिनाथ सेवा समितिले जनाउनुभएको छ।

पशुपतिनाथ मन्दिरको सर्वाङ्गिण विकासार्थ यो कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा कञ्चनपुरका एकदमै ख्याति प्राप्त युवा कलाकारहरू द्वारा प्रस्तुति देखाइने आयोजक समितिले बताउनुभएको छ।

सम्बन्धित समाचार