शुनिल राना कञ्चनपुर, पुष १४ नेपाल कम्युनिष्ट पाटी(विप्लव) कञ्चनपुरले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।
आगामी फागुन २१मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा(विप्लव) कञ्चनपुरले समानुपातिक उम्मेदवार सिफारिस गरेको हो ।
नेकपा विप्लव जिल्ला इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट समानुपातिक उम्मेदवार पाटी केन्द्रीय समितिलाई सिफारिस गरेको बताए ।
इन्चार्ज बिराटका अनुसार क्षेत्र १बाट राम ब. सिह गगन बहादुर सुनार, नन्द बहादुर बुढा, क्षेत्र २बाट बिनिता कोली ओडलोकेन्द्र बहादुर विक, धनसिह राना र क्षेत्र ३बाट बिरेन्द्र लुहार,बीर सिह सुनार,बिष्नादेवी सेजवाल, सिफारिस भएका छन ।
‘अहिले हामीले समानुपातिक तर्फबाट मात्रै सिफारिस गरेका छौँ, ‘उनले भने, ‘त्यसपछि प्रत्यक्ष छनौट तर्फ लाग्छौँ ।’

