कञ्चनपुर, पुष १४ कञ्चनपुरको निर्माणाधिन मझगाँउ विमानस्थल निर्माण कार्य ढिलाई भएको छ । ठेक्का भएको ५ बर्ष पुग्दा समेत निर्माण कार्य पुरा भएको छैन । नेपाल नागरिक उड्यान प्राविधकरण र निर्माण कम्पनी कान्छाराम केएस उमा एण्ड कम्पनीले सम्झौता भएको पहिलो म्याद भित्रै निर्माण कार्य सम्पन्न गर्न नसकेपछि गत बर्ष एक बर्षका थप गरिएको थियो ।
तीन बर्षमा सक्नुपर्ने काम पाँच बर्ष वितिसक्दा पनि निर्माण कार्य पुरा भएको छैन । ९ पुष ०७८मा सम्झौता भई १०माघ ०८१मा सम्पन्न गरिसक्नुपर्ने भएपनि पहिलो म्याद सकिएपछि १ बर्ष थप भएको थियो । १०माघ ०८२भित्रै निर्माण गरिसक्नुपर्ने भएपनि अझै निर्माण कार्य बाँकी नैछ । अब ५०दिन मात्रै बाँकी रहदा पनि निर्माण कार्य अधुरै रहेको छ ।
नेपाल नागरिक उड्यान प्राधिकरण एरोड्रम ईन्जिनियरिङ्ग विभागले निर्माण कम्पनीसंग ४५ करोड, ६६ लाख, २४ हजार, ७१४ रुपैयामा बोलपत्र स्वीकृत भएपनि ०७८ पुष मसान्त सम्ममा काम शुरु गरेको थिएन । ्कान्छाराम केएस उमा एण्ड कम्पनीका ईन्जिनियर जितेन्द्र यावदले धावनमार्ग(रनवेय), ड्रेन्च(ढल)निर्माण कार्य जारी रहेको बताए ।
उनका अनुसार हालसम्म १३सयमिटर धावनमार्ग निर्माण सम्पन्न भईसकको छ, भने सेनाले छाडेको एकसय मिटरमा पनि बेस निर्माण कार्य जारी छ । कुल १५सय १५मिटरको उत्तरदक्षिण धावन मार्ग हुनुपर्ने भएपनि जमिन अभावकै कारण ढिलासुस्ती भएको बताए ।
‘शुरुवातमै एयरपोटसंग १किलोमिटर मात्रै रनवेयर रहेको त्यसपछि रत्न बाटिकासंग ३सय मिटर र त्यसभन्दा दक्षिण तर्फ निकुञ्जकै सुरक्षार्थ खटिएको सेनासंग अढाईसय मिटर अधिकरण गरेर रनवेय १५सय १५मिटर पु¥याएको बताए । हालसम्म १३सय मिटर रनवेयरमा पहिलो लेयरको कालोपत्रे गरिएको छ ।
केही दिनमै दोस्रो लेयरमा पनि कालोपत्रे गरिने ईन्जिनियर यादवले बताए । उनले ७२सिटे एआरटी जहाज सहजै ल्याण्डिङ्ग हुनेछन । सेनाले दिएको डेढसय मिटरमा सवबेसका कामकाज शुरु भईरहेको छ । ३५सय मिटर डे«न(ढल) निर्माण मध्ये हालसम्म २सय मिटर निर्माण सम्पन्न भएको छ ।
चालु आर्थिक बर्ष ०८२÷०८३कोे मसिर तेस्रो सातासम्ममा ८० प्रतिशत भौतिक र ७२ प्रतिशत वित्तिय प्रगति भएको निर्माण कम्पनीको दावि छ । अझैपनि सेनाले छाडेकोे अढाईसय मिटर मध्ये १सय मिटर लिन बाँकै र ईआईए गर्न बाँकी रहेको छ ।
निर्माण कम्पनीले शुरुवाती चरणमै क्षेत्र क्लियर नभएको रत्न बाटिकादेखि सेनाले जमिन दिन ढिलाई गरेको, जेनजी आन्दोलनदेखिका विवित कारणले ढिलाई भएको तर, अहिले निर्माण कार्य तिव्र रुपमा अघि बढेको दावि गरेको छ । २७पुष ०७८सालमा तत्तकालिन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरको मझगाँउ विमानस्थलको रनवेय बृद्धि गर्नुपर्ने बताउँदै रनवेय बृद्धि गर्नुपर्ने बताएका थिए ।
तत्तकालिन मन्त्री मगरले भविष्यलाई दुरदृष्ट्रिगत राख्दै हाल साविक रहेको १५ सय २५ मिटर बृद्धि गरेर २५ सय मिटर लामो रनवेय बनाउनुपर्ने बताएका थिए । उतिबेला काँग्रेस नेता एव पुर्व गृहमन्त्री रमेश लेखकले समेत मझगाँउ विमानस्थलको १८ सय मात्र होईन, २५ सय बनाउनुपर्ने त्यसका लागि आफुले पहल गर्ने बताएका थिए । तर, रनवेय १६सय मिटर पनि पुग्न लागेकोे छैन ।
२६ बर्ष नियमित संचालन भई २२ बर्षसम्म बन्द रहेको मझगाँउ विमान स्थल निर्माण कार्य शुरु भएपछि स्थानीय हर्षित भएका थिए । तर निर्माण कार्य ढिलाई हुन थालेपछि चिन्तित भएका छन । ०३० सालदेखि ०५६ सालसम्म संचालनमा रहेपनि सरकारले सुरक्षाको कारण देखाएर ०५६ सालदेखि ०८२ हालसम्म बन्द रहेको थियो ।
झण्डै ६६ विगाह क्षेत्रफल र १५.२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ ।
स्थानीय सरकार मध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख, ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख र सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको छ ।
मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका अध्यक्ष रमेश बहादुर चन्दले तीन वटै सरकारको संयूक्त साझेदारीमा निर्माण हुन लागेको नेपालकै पहिलो बिमानस्थल कञ्चनपुरको मझगाँउ विमान स्थल भएको बताए ।
अध्यक्ष चन्दले बाल्यकाल स्मरण गराउँदै आफुले मझगाँउ विमानस्थल शुचारु हुँदा कञ्चनपुरबाट सिधै काठमाण्डौँ गएको बताए । मझगाँउ विमानस्थल शुचारु नहुँदा यस क्षेत्रका यात्रु मारमा परेका छन । अतिरिक्त भाडा तिरेर झण्डै ५५÷६० किलोमिटर धनगढी विमानस्थल जानुपर्ने बाध्यता रहेको छ ।
विमान स्थल शुचारु नहुँदा यस क्षेत्रका यात्रु कैलालीको धनगढी विमानस्थल भएर यात्रा गर्न बाध्य भएका छन । आफ्नै जिल्लामा विमानस्थल शुचारु हुने भएपछि स्थानीय हर्षित भएका छन । स्थानीयले ठेकदारसंग सम्झौता अनुरुप काम शुचारु गर्न सुझाव दिएका छन ।

