कञ्चनपुर — लोक देउडा गायक गणेश सिंहको नयाँ गित सिर्जना ‘खप्तड घाम छैन’ भोलि पौष १४ गते सार्वजनिक हुने भएको छ।
देउडा परम्परालाई समेट्दै गीतलाई रमाइलो र ठट्यौली शैलीमा प्रस्तुत गरिएको छ।गीतमा गणेश सिंह र देवी घर्तीको स्वर रहेको छ भने राजेन्द्र शाह बीपीले लय तथा शब्द लेखेका हुन्। गीतको एरेन्ज विनोद बजुरेली, मिक्सिङ खडक बजुरेली र रेकर्डिष्ट सागर बजुरेली रहेका छन्।
भिडियोमा लालबहादुर धामी अछामी बड्डो, अनु खड्का, हिमाल भुल, अनिल चन्द, भिम विष्ट, सुरेन्द्र भट्ट, प्रदीप पाललगायत कलाकारहरूले अभिनय गरेका छन्।
भिडियो निर्देशन भिम थापाले गरेका हुन् भने क्यामेरा अमृत उपाध्यायले सम्हालेका छन्।गीतलाई गणेश सिंहको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिने छ।
लोक प्रीय गायिका देबि घर्ती र गणेश सिंहको आवाज , रमाइला संवाद, गायन, ठट्यौली शैली र आकर्षक अभिनयका कारण गीतले श्रोता माझ विशेष रुचि पाउने अपेक्षा गरिएको छ ।
गितको छायांकन कंचनपुर डडेल्धुराको सिमाना निकै मनमोहक र पर्यटकिय ठाउँ मलास लगायत कंचनपुरका अन्य विभिन्न ठाउँमा गरिएको छ ।
रसिलो मसिनो गितलाई आम दर्शक श्रोताले निकै माया गरेको उल्लेख गर्दै उनले आफ्नो दोश्रो गित “खप्तड घाम छैन” गितलाइ माया गरिदिन हुन गायक सिंहले सबैलाइ आग्रह गरेका छन ।

