कञ्चनपुर पुष १० कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सम्पन्न भएकोे छ । बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि शुरु भएको १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुक्रबार सम्पन्न भएको होे ।

बेलडाँडी गाउँ खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर सुनारले झर्नासागर स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा प्रतियोगिता सम्पन्न भएको बताए । अध्यक्ष सुनारले ३निजी, ६ सामुदायिक विद्यालयका विद्यार्थीहरुविच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पधर्मा भएको थियो ।अध्यक्ष सुनारका अनुसार ३७पदक सहित रौलेश्वर मावि प्रथम, ३१पदक सहित सरस्वती मावि बैवाह द्वितिय र १९पदक सहित सरस्वती मावि झर्नासागर तृतिय भएको छ ।

प्रतियोगिताको समापन गर्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विद्यार्थीको नियमित पढाईका अतिरिक्त विद्यार्थीले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि उद्गम थलोका रुपमा विकास हुने बताए । गाँउप्रमुख रानाले सबै विद्यातर्फ स्वतन्त्र, निष्पक्ष रुपमा खेलकुद प्रतियोगिता छनौटदेखि जितको शुभकामना दिएका छन ।सरस्वती मावि झर्नासागरका प्रद्यानाध्यापक जनक थापाले प्रतियोगितामा सहभागि गाँउपालिकाभरीका खेलाडी विद्यार्थीलाई स्वागत गर्दै प्रतियोगिता भव्य,सभ्य, निष्पक्ष छनौट भएको बताए ।

विजेता खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । सरस्वती मावि झर्नासागरका सहायक प्रद्यानाध्यापक राधाकृष्ण पाठकले संचालन गरेकोे कार्यक्रममा पालिका भरीका खेलाडी विद्यार्थी, शिक्षक, अभिभावक, खेलकुदकर्मीदेखिका सरोकारवाला एकै मञ्चमा सहभागि भएका थिए ।



