शनि, जेष्ठ २३, २०८३

नेकपा कञ्चनपुर उम्मेदवार छनौट गर्दै


कञ्चनपुर, १०पुष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले उम्मेदवार छनौट गर्न लागेको छ । नेकपाले जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार छनौट गर्न लागेको हो ।

आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपाले जिल्लाबाट समेत उम्मेदवार छनौट गर्न लागेको जनाएको छ । नेकपा कञ्चनपुरका नेता खेम पाण्डेयले क्षेत्रबाट जिल्ला बैठकमा आएका नामावलीमाथि बैठकमा छलफल गरिएको बताए ।

‘हामीले बिहीबार क्षेत्रबाट आएका आँकाक्षी उम्मेदवार बारे छलफल गरेका छौैँ, ‘उनले भने, ‘पाटीले सीमा तोके भन्दा बढी आँकाक्षी देखिएका छन ।

’ जिल्लाका ३वटै निर्वाचन क्षेत्रबाट ५देखि १४ सम्म नाम आएकाले एकदुई दिनभित्रै थप छलफल गरेर सम्बन्धीत आँकाक्षी उम्मेदवार पाटीसंग छलफल गरेर माथिल्लो पाटी कमिटिमा सिफारिस गर्ने बताए ।

नेकपाबाट कञ्चनपुरमा कोहीपनि नेता सर्वसम्मत सिफारिस भएका छैनन । ‘हाम्रो जिल्लाबाट समानुपातिक तर्फ ८उम्मेदवारको नाम सिफारिस गर्ने सीमा रहेको छ, ‘उनले भने, ‘प्रत्यक्ष र समानुपातिक एकैसाथ टुङगो लगाउँछौँ ।’

सम्बन्धित समाचार