कञ्चनपुर, पुष १० बाल्टा कम्पनीबाट कञ्चनपुरका उपभोक्ता ठगिन लागेका छन । बाल्टा कम्पनीको एसी प्रयोकर्ता उपभोक्ता ठगिन लागेका हुन । उक्त कम्पनीबाट कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी ठगिएको तथ्य बाहिरिएको छ । दुई बर्ष अघि बाल्टा कम्पनीबाट एसी खरिद गरेका अध्यक्ष जोशी एकै बर्षमा हैरानी भएका छन । कम्पनीले ग्यारेन्टी, वारेन्टी बनेर बिक्रि गरेको एसी एक बर्ष अघि बिग्रीएपछि कम्पनीमा गुनासो, जानकारी गराउँदा समेत सुनुवाई नभएको बताए । जोशीले ९कार्तिक ०७८सालमा बाल्टा कम्पनीको १५०एसपी मोडेलको एसी खरिद गरेका थिए, तर खरिद गर्ने क्रममा कम्पनीले ग्यारेन्टी दिएपनि बिग्रीएको तर बिग्रीएपछि पनि कम्पनीले कुनै जिम्मेबारी नलिएपछि उक्त एसि निकालेर कम्पनीलाई बुझाएको बताए । १९जनवरी ०२५देखि निरन्तर कम्पनीसंग खबर गर्दा समेत कम्पनीका कर्मचारीहरुले कुनै जिम्मेबारी नलिएपछि अहिले बुझाईएको जनाएका छन । आफ्नै जिल्लाभरीका उद्योगी, व्यवसायीको हकहितको जिम्मेबारीमा रहेकाले आफ्नो समस्या कसलाई भन्ने बारेमा आफु नै अनविज्ञ रहेको अध्यक्ष जोशीको दुखेसो थियो । उक्त एसी श्री जगदम्बा टे«ड एण्ड सप्लायर्स मार्फत खरिद गरेका थिए । जोशीको अमृत डिष्टिलरी कम्पनीको नामबाट खरिद गरिएको एसीले मात्रै होईन कम्पनी र तिनका कर्मचारीले उपभोक्ताको समस्या नबुझिदिएपछि फिर्ता गरेको जनाएको छ । ‘खरिद गर्ने बेला अनेकन लोभलालसा सेवा सुविधा देखाईयो, ‘उनले भने, ‘बिग्रीएपछि कुनै जिम्मेबारीपन देखाएपन यो त आम उपभोक्तामाथि ठगि नै भयो ।’ श्री जगदम्बा टे«ड एण्ड सप्लार्यसका संचालक केशव बहादुर चन्दले उक्त एसी निकालेर कम्पनीमा बुझाईदिएको बताए । ‘उहाँले एसी खरिद गर्दा बाल्टा कम्पनीको काम मैले काम गरेको हु, ‘उनले भने, ‘अहिले छाडिसके बाँकी कम्पनीलाई बुझ्नु होला ।’ यसरी बाल्टा कम्पनीबाट कञ्चनपुर उद्योग वाणिज्य संघकै अध्यक्ष ठगिएपछि अन्य उभभोक्तामाथि कस्तो व्यवहार हुन्छ, भन्ने कल्पना समेत गर्न सकिएको छैन ।

