बुध, बैशाख २३, २०८३

बेलडाँडीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु


कञ्चनपुर, पुष ९ कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको छ ।

बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको हो ।

बेलडाँडी गाउँ खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर सुनारले झर्नासागर स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा प्रतियोगिता शुरु भएको बताए ।

अध्यक्ष सुनारका अनुुसार ३निजी, ६ सामुदायिक विद्यालयका विद्यार्थीहरु विभिन्न खेलकुद प्रतियोगितामा सहभागि भएका छन ।

शुक्रबारसम्ममा प्रतियोगिता समापन गरिने अध्यक्ष सुनारले बताए । यस अघि पनि सरस्वती मावि झर्नासागरमा प्रतियोगिता गरिएको थियो ।

सरस्वती मावि झर्नासागरका प्रद्यानाध्यापक जनक थापाले प्रतियोगितामा सहभागि गाँउपालिकाभरीका खेलाडी विद्यार्थीलाई स्वागत गर्दै प्रतियोगिता भव्य,सभ्य, निष्पक्ष छनौट हुने विश्वास दिलाएका छन ।

प्रतियोगिताको उद्घाटन गर्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विद्यार्थीको नियमित पढाईका अतिरिक्त विद्यार्थीले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि उद्गम थलोका रुपमा विकास हुने बताए ।

गाँउप्रमुख रानाले सबै विद्यातर्फ स्वतन्त्र, निष्पक्ष रुपमा खेलकुद प्रतियोगिता छनौटदेखि जितको शुभकामना दिएका छन ।

बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताले खेलकुद बृद्धि विकास हुने अपेक्षा गरेका छन ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले प्रतियोगिताबाट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरेका छन । तीनदिनसम्म संचालन हुने प्रतियोगिताले बेलडाँडी खेलकुदमयी माहोल बनेको छ ।

पालिका भरीका खेलाडी विद्यार्थी, शिक्षक, अभिभावक, खेलकुदकर्मीदेखिका सरोकारवाला एकै मञ्चमा जम्मा भएपछि खेलकुदले रौनकता छाएकोछ ।

विजेता विद्यालय, खेलाडीलाई जिल्ला स्तरिय प्रतियोगितामा सहभागितादेखि प्रमाणपत्र, पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित समाचार