आइत, असार ७, २०८३

कञ्चनपुर कारागार काण्ड ः स्रोतमाथि बर्चस्वले झडप नाईके मल्ल सहित १३ कैदीबन्दीको अन्यन्त्र स्थानान्तरण


सञ्जय महर कञ्चनपुर, ९ पुष मानिसले कुनै गल्ती गरेर कानुनी रुपमा सजाय भुक्तान गर्ने कञ्चनपुर कारागार पछिल्ला दिनहरुमा व्यापारिक आँखडा बनेको पाईएको छ । विभिन्न मुदामा अदालतबाट दोषि ठहर भएका, पुरक्षका लागि मानिसलार्इं गल्ली बाफतको कैद भुक्तान गर्ने कारागार अहिले व्यापारिक आँखडा बनेर आन्दोलन, झडपमा परिणत भएको हो ।

गत शुक्रबार कैदीबन्दीहरुविच एक आपसमा सरकारबाट पाउने सेवा सुविधादेखि भित्रै पसल थाल्ने, मोवाईल सेवा भान्सारदेखि व्यापार गर्ने विषयमा पक्ष विपक्षमा हानथाप हुँदा ८ कैदीबन्दी घाईते भएको घटनाले देशकै ध्यान कञ्चनपुर कारागार तान्यो ।

घटना छानबिनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको नेतृत्वमा छानबिन समिति समेत गठन गरिएको छ । समितिले छानबिन शुरु गरेको भोलीपल्टै नाईके प्रकास मल्ल सहितका १३कैदीबन्दीको अयन्त्र स्थानान्तरण गरिएको छ । जेलर बन्दना सुवेदीले सोमबार नाईके मल्ल सहितका १३कैदीबन्दीको स्थानान्तरण गरिएको बताईन ।

जेलर सुवेदीले उनीहरुको नाम, कहाँ स्थानान्तरण बारे सुरक्षा दृष्ट्रिकोणबाट नाम भन्न नमिल्ने बताईन । प्रहरी स्रोतका अनुसार मल्ललाई दाङ र अन्यलाई बाके कारागारमा राखिएको जनाएको छ । तर, कुटाई खानेदेखि घटनामा संलग्न भएकाहरुलाई स्थानान्तरण गर्ने अनि मुख्य योजना बनाउनेहरुलाई सरक्षण गर्न खोजिएको भन्दै केहीकैदीबन्दी स्थानान्तरणको समेत विपक्षमा देखिएका छन ।

स्थानान्तरण गरिएका कैदीबन्दीका आफन्तहरुले भने, धानखाने मुसे चुटाई पाउने बिरालो जस्तै आफ्ना मान्छेहरुमा कारागार प्रशासनले गरेको दुखेसो पोखेका छन । घटना घटनाहरु कारागारभित्रै रहेको उनीहरुलाई सरक्षण गरेर घाईंतेदेखि अन्यलाई मात्रै स्थानान्तरण गरेर झन गलतलाई नै सरक्षण गरेको आरोप छ ।

उनीहरुले सरकारबाट लुगाकवपडा किन्नका लागि आउने नगदी ४हजारमा ३५सय रुपैया मात्रै दिने कर्मचारी, अनि कारागारमा बबण्डर मच्चाउने युद्ध गराउनेहरुलाई कारागार प्रशासन, छानबिन समितिले सरक्षण गर्न लागेको आशंका उब्जिरहेका छन ।

कारागारमा लाखौँमा भान्सा बिक्रि वितरण हुने, सरकारबाट प्रदान गरिने नगदमा घोटालादेखि मदिरा, लागु औषध बेचबिखन, कण्डमका साथै भान्सा समेत बिक्रि वितरण हुने गरेको घटनातर्फ छानबिन समिति केन्द्रीत हुनुपर्ने माग उठिरहेको छ ।

कारागारभित्र नाईके प्रकास मल्ल समुह भर्षेज अन्य कैदीबन्दीविच झडप भएपछि अधिकाँस कैदीबन्दीले अन्य सेवा सुविधामा अनियमितताका साथै भान्सा समेत बिक्रि वितरण हुने गरेको रहस्य खोलेका हुन । सात दिनभित्र कारागारको बस्तुस्थिति उत्पन्न घटना किन कसरी भयो भनेर एकिन तथ्य पहिचानका लागि छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिको प्रतिवेदन अनुरुप थप एक्सनमा उत्रिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । कारागारभित्र सेवा सुविधा पारदर्शीता, भ्रष्टाचारको विषय अघि सारेर नाईके चौकीदार र अन्य कैदीबन्दीविच झडप हुँदा ८ कैदीबन्दी घाईते भएका थिए । घाईते कैदीबन्दी किरण बहादुर सिह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरी घाईते भएका थिए ।

कैदीबन्दीहरुले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, राशनमा पनि बिभेद गरेको, कारागारभित्रै प्रतिबन्धित मदिरा, लागु औषध कण्डम जस्ताबस्तुको गैर कानुनी कारोबार गरेको, घरबाट आउने समान समेत पुरै हातमा नपुग्ने गरेको, आफु निकटलाई मात्रै सेवा सुविधा दिएको जस्ता आरोप लगाएर नाराबाजी गर्दै बिद्रोह गरेका थिए ।

सुशासनको माग उठेर गत भदौँमा देशभर जेनजी बिद्रोह जस्तै कारागारमा पनि सुशासनको एजेण्डा अघि सारेर जेनजी बिद्रोह भएको कतिपयको बुझाई छ ।

सम्बन्धित समाचार