शनि, जेष्ठ २३, २०८३

जेनजी रेडफोर्ड कञ्चनपुरको कमाण्डर धामी


कञ्चनपुर, पुष ८ जेनजी रेडफोर्स कञ्चनपुरको कमाण्डर(संयोजक)मा दिनेश धामी चयन भएका छन । अखिल क्रान्तिकारी जिल्लाका युवा नेता धामीलाई जेनजी रेडफोर्स कञ्चनपुरको कमाण्डरको जिम्मेवारी पाईएको हो ।

सहसंयोजक रोशन विष्ट, प्रवक्ता महेश बोहरा, सदस्यहरु बिजय बोहरा, सुदिप बोहरा, किशोर बोहरा, त्रिलोक बोहरा, रविन्स बोहरा, प्रज्वल धामी, निखिल धानमी, भीमगुरधार्मी, लक्ष्मण गुरुधामी, हरेन्द्र विष्ट, पजन जोशी, पुरन धामी, पवन भट्ट, गैरब धामी रहेका छन ।

भीमदत्त नगर संयोजकमा त्रिलोक बोहरालाई जिम्मेबारी दिएको छ । जेनजी रेडफोर्स कञ्चनपुरका संयोजक दिपेश धामीले जेनजी युवा विद्यार्थीको भावना अनुरुप अघि बढ्दै भ्रष्टाचार बिरुद्ध आन्दोलन छेड्दै विद्यार्थी, युवा, जेनजी पुस्ताको हकअधिकार बारे पैरवी, वकालत गर्ने बताए ।

विद्यार्थी, जेनजी युवा पुस्ताको भविष्य खेलवार्ड गर्नेमाथि आन्दोलन गर्ने चेतावनी दिएका छन । तीनै तहका सरकार, तिनका जनप्रतिनिधी र कर्मचारीमा अकुल सम्पत्ती आर्जन, भ्रष्टाचारमा लिप्त र जनताका लागि केही गर्ने प्रवृति हावि भएकाले त्यसलाई समेत चिर्ने बताए ।

विद्यालय, विश्वविद्यालय, शैक्षिक संघ संस्थाहरुमा विद्यार्थीको भविष्य अन्धकार बनाउनेमाथि समेत खबरदारी गर्ने घोषणा गरेका छन ।

सम्बन्धित समाचार