बुध, बैशाख २३, २०८३

पुर्वमन्त्रीद्वय एनपी साउद र रमेश लेखकलाई बिरासत जोगाउन दवाव


कञ्चनपुर, २पुष जेनजी आन्दोलनबाट सत्तमुक्तदेखि संसद विघटन भएसंगै मध्यावती निर्वाचनको मिति तय भएकोछ । नेपाली काँग्रेस कञ्चनपुरका तीनै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन ।

आगामी २१फागुनमा हुने प्रतिनिधी सभा सदस्य एव त्यस अघि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि काँग्रेसले जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधी सभा सदस्य प्रत्यक्ष तर्फ क्षेत्र १बाट क्षेत्रीय सभापति समेत रहेका गोपी प्रशाद उपाध्याय, महाधिवेशन सदस्य भरत विष्ट, समानुपाति तर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभा तर्फ हरेन्द्र विष्ट(होसियार), प्रकास राज पन्त रहेका छन ।

क्षेत्र २ का क्षेत्रीय सभापति लाल बहादुर सिहले यस अघि निर्वाचित भएका एनपी साउद, हरि प्रशाद बोहरा, दल बहादुर बोहरालाई प्रत्यक्ष तर्फ सिफारिस गरेको बताए । समानुपातिक तर्फ गणेश नेपाली(दमाई), तौला राना, घनश्याम विश्वर्मा रहेका छन । क्षेत्र ३ का क्षेत्रीय सभापति केशव बहादुर चन्दले यस अघि निर्वाचित प्रतिनिधी सभा सदस्य रमेश लेखक, शकर बहादुर चन्द, प्रेम बहादुर विष्टलाई प्रत्यक्ष तर्फ सिफारिस गरेको बताए ।

समानुपातिक तर्फ कल्पना केसी, मायादेवी भट्ट, रामसोगारथ ठाकुर, राष्ट्रिय सभा तर्फ खगेश्वर बोहरा, बीर बहादुर सुनार, गोपाल भण्डारी, दुर्गा प्रशाद जोश्ी, यज्ञराज चटौत, गौराज बहादुर लिम्बु र रमिता शाही(देउवा)लाई सिफारिस गरिएको छ । क्षेत्रबाट जिल्ला कार्य समितिमा सिफारिस भएका उम्मेदवाहरुलाई जिल्लाले प्रदेश पठाईनेछ ।

नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले जिल्लाका तीनै वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक एव राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरुलाई छिट्टै प्रदेशमा सिफारिस गर्ने बताए ।क्षेत्र १मा भरत विष्ट र गोपी प्रशाद उपाध्याय अहिलेसम्म राजकीय पदमा नगएका नेता हुन । क्षेत्र २ र ३ मा एनपी साउद र रमेश लेखक पटक पटक प्रतिनिधी सभा सदस्य निर्वाचित नेता हुन ।

पुर्व परराष्ट्रमन्त्री समेत रहेका एनपी र तत्तकालिन गृहमन्त्री रहेका लेखक काँग्रेसका केन्द्रीय सदस्य हुन । उनीहरुलाई आफ्नो बिरासत जोगाउने दवाव छ ।

अर्कातिर आँकाक्षी नयाँ उम्मेदवारहरुले कति पटक उनीहरुलाई मात्रै टिकट यस पटक नयाँलाई पनि मौका दिनुपर्ने धारणा अघि सार्दै आएका छन । काँग्रेस जस्तो लोकतान्त्रिक पाटीमा जति चुनाव उति पुरानै अनुहार कतिपटक भन्दै आवज पहिल्यैदेखि उठिरहेको छ ।

सम्बन्धित समाचार