शनि, जेष्ठ २३, २०८३

नेवि संघ नेता पुरोहित बडू कञ्चनपुर क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यका आँकाक्षी


कञ्चनपुर, मंसिर २६ नेपाल विद्यार्थी संघका पुर्व नेता एव नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता पुरोहित बडू प्रतिनिधी सभा सदस्यका आँकाक्षी देखिएका छन ।

आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि काँग्रेसले शुक्रबार आवेदन माग गरेको थियो । जसमा बडूले पनि युवा तर्फबाट आकाँक्षा देखाएका छन ।

युवा समेत रहेका बडूले अब पाटी र सरकारको जिम्मेबारीमा युवा पङक्ति आउनुपर्ने धारणा अघि सारेर उम्मेदवारी दिएको जनाएको छ ।

बडू सर्मथकदेखि काँग्रेस पक्षले अब पाटीका सबै तह तप्कादेखि राज्य संयन्त्र संचालनमा युवा आवश्यक रहेको औल्याएका छन । उनले आफुलाई पाटी र जनताले दिने जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन ।

सम्बन्धित समाचार