बुध, बैशाख २३, २०८३

नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरको जिल्ला एकता सन्देश सभा आउँदो पुष पहिलो साता


कञ्चनपुर, मंसिर २५ नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरको आउँदो पुष पहिलो साता जिल्ला एकता सन्देश सभा हुने भएको छ ।

जिल्लाको मध्य भूगोल झलारीमा नेकपा कञ्चनपुरको ७ पुष ०८२मा जिल्ला एकता सन्देश सभा हुने भएको होे । नेकपा कञ्चनपुरका नेता एव तत्तकालिन नेकपा माओवादी केन्द्र जिल्ला संयोजक खेमराज पाण्डेयको अध्यक्षतामा बसेको एकतातयारी बैठकले जिल्ला सन्देश सभा भव्य रुपमा गर्ने निर्णय भएको छ ।

नेकपा नेता खेमराज पाण्डेयले केन्द्र, प्रदेश पछि जिल्लाको एकता सन्देश सभा भव्य रुपमा गर्ने निर्णय भएको र सोही अनुरुप पालिका , वडा, गाँउ टोल स्तरका तयारी बैठक गर्ने निर्णय भएको बताए ।

पाण्डेय मंसिर २५ पालिका र मंसिर २७ वडा, टोल बैठक, गरेर जिल्ला एकता तयारीमा जुटने बताए । बैठकमा नेकपा कञ्चनपुरका नेताहरु देवीलाल चौधरी, लोकेन्द्र लम्साल, जयराज पाण्डे, लाल बहादुर खडका, प्रकास रावल, बीर बहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

यस अघि केन्द्र, प्रदेशको जस्तै जिल्लामा पनि भव्य एकता सन्देश सभा गरेर जनअपेक्षा अनुरुप अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित समाचार