बुध, बैशाख २३, २०८३

बेलौरी मेयर कप प्रतियोगितामा कुटिएका खेलाडी करन पाल घटना छानबिन गरेर दोषि उपर कार्बाहीको माग


कञ्चनपुर कञ्चनपुरको बेलौरी मेयर कप प्रतियोगिता कुटिएका खेलाडी करन पाल घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

जिल्लाका फुटबल खेलाडीदेखि कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समितिले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका हुन ।

आइतबार घाईते खेलाडी पाललाई मायामेट्रो अस्पतालमै पुगेर कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।

अध्यक्ष खडकाले यसरी खेलकुद मैदानमै खेलाडी कुटपिट दुखत विषय भएकाले दोषिलाई उन्मुक्ति दिन हुने बताए । घाईतेको उपचारदेखि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन माग अघि सारेका छन ।

घाईते पालका घर परिवारदेखि खेलाडी, खेलकुद क्षेत्रका अगुवाहरुले कानुनी कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन ।

सम्बन्धित समाचार