शनि, जेष्ठ २३, २०८३

रास्वपा लालझाडीको सभापतिमा राना


नरेश राना, मंसिर १७ राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) लालझाडी गाँउपालिकाको सभापतिमा थारु अगुवा खुसीराम राना चयन भएका छन ।

बुधबार रास्वपा लालझाडीको प्रथम पालिका अधिवेशनबाट सभापतिमा राना चयन भएका हुन । रास्वपा कञ्चनपुरका कोषाध्यक्ष समेत रहेका जिल्लाका युवा नेता नविन चन्दले सहमतीय आधारमा पालिका समिति विस्तार गरिएको बताए।

रास्वपा नेता चन्दका अनुसार उपसभापतिमा हरिश गिरी, सचिव धनराज भट्ट, सदस्य तर्फ पानसिह धामी, नरहसिह राना, दल बहादुर झुकाल, शिवदाश राना, रामवती राना रहेका छन । यस्तै जिल्ला प्रतिनिधी ः लक्ष्मण राना र प्रदेश प्रतिनिधी रतनलाल भारती चयन भएका छन ।

रास्वपा नेता एव खेलकुद विभाग प्रमुख घनश्याम विष्टको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेताहरु जनकसिह धामी, ज्ञानेन्द्र सिह महता, नविन चन्द सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पाटीले दिएको जिम्मेबारी अनुरुप लालझाडीमा हुने बेतिथि, भ्रष्टाचार बिरुद्ध जनताको हक अधिकारका लागि पैरवीगर्ने रास्वपा लालझाडीका सभापति रानाको उद्घोष रहेको छ ।

सम्बन्धित समाचार