कञ्चनपुर मंसिर १७ कञ्चनपुरको बेलडाँडीमा अपाङ्गता दिवस मनाईएको छ, तर कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई बाईपास गरेर दिवस मनाएको पाईएको छ ।
३डिसेम्बर २०८२ मंसिर १७ गते बुधबार ३४औँ अन्र्तराष्ट्रिय अपाङता दिवस मनाईयो । गाँउपालिकाको हलमा मनाईएको उक्त दिवसमा अपाङ्गको उपस्थिति बिनै दिवस मनाएर कर्मचारीहरुले बजेट सक्न हतार गरेका छन ।
बेलडाँडीमा सबै प्रकृतिका अपाङ्ग भएपनि कार्यक्रम आयोजकले उनीहरुलाई वाईपास गरेर दिवस मनाएपछि गाँउपालिकाभित्रै हङगामा मच्चिएको छ ।
बेलडाँडी महिला तथा बालबालिका शाखाकी शारदा पनेरुले ग र घ वर्गका अपाङ्कहरुुलाई बोलाएको तर, नआएको बताईन । यस्ता बजेट सक्ने कार्यक्रमले बेलडाँडीका अपाङ्गता भएका व्यक्ति हैरान भएका छन ।
अपाङ्गताका नाममा बजेट दोहन जस्ता कार्यक्रमकै कारण जेनजी पुस्ता जन्मिएको कतिपयको बुझाई छ ।

