शनि, जेष्ठ २३, २०८३

विश्व एड्स दिवसको अवसरमा माईती नेपालद्वारा दिप प्रज्वलन


कञ्चनपुर, मंसिर १७ विश्व एड्स दिवसको अवसरमा माईती नेपालले दिप प्रज्वलन गरेको छ । दोधाराचाँदनी नगरपालिका ४ चाँदनी झोलुङ्गेपुल क्षेत्रमा माईती नेपालले दिप प्रज्वलन गरेको हो ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले एचआइर्एभी एडसबाट दिवङगत भएका मानिसहरुको स्मृतिमा दिपप्रज्वलन गरिएको बताए ।

संयोजक भट्टले एचआइभी संक्रमण बारे प्रचार प्रसार गरि एड्स माहामारिलाई रोक्न सचेतना तथा जागरुकता बढाउदै एड्स बाट मृत्यु हुनेको सम्झनामा शोक मनाउदै एचआईभी एड्स विरुद्धको ऎक्य्वद्द्ता जनाएको बताईन ।

सम्बन्धित समाचार