शनि, जेष्ठ २३, २०८३

उद्यमी पाण्डेयद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई ५५ हजार उपचार खर्च


कञ्चनपुर, मंसिर १७ सुदूरपश्चिम प्रदेश(कञ्चनपुर)का लवप्रतिष्ठित उद्यमी व्यवसायी लक्ष्मीदत्त पाण्डेयले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार सहयोग गरेका छन ।

कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका उद्यमी पाण्डेयले प्रण घातक क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका अध्यक्ष धामीलाई ५५ हजार रुपैया आर्थिक सहयोग गरेको जनाईएको छ ।उद्यमी पाण्डेयले धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२नम्बरमा सिधै ट्रान्सफर गरेका छन । पाण्डेयले समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि सक्दो सहयोग गरेको बताए ।

साथै संघबाट समेत संस्थागत रुपमा छुट्टै सहयोग गर्ने जनाएका छन । धामी केही समयदेखि भारतको राजिवगान्धी क्यान्सर अस्पतालमा उपचारार्थछन । उनको उपचारमा ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि घरपरिवारदेखि पत्रकार महासंघले अपिल गरेको छ ।

सम्बन्धित समाचार