शनि, जेष्ठ २३, २०८३

सिद्धनाथ बैजनाथ धामको महायज्ञमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित


कञ्चनपुर सिद्धनाथ बैजनाथ धाम माताकोटियालाई सुविधा सम्पन्न स्मार्ट पार्क एवं धार्मिक पर्यटकीय स्थलको रुपमा विकासका लागि यही मिति २०८२ असोज २१ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको महायज्ञमा उल्लेख्य भूमिका निर्वाह गरेकोले सम्मानपत्र हस्तान्तरण गरिएको छ।

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य माननीय प्रकाश रावल लगायत जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा,भिमदत्त नगरपालिकाकी उपमेयर नीलम लेखक, व्यवसायी कमल चन्द, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनार,पत्रकार धर्मराज कठायत,मन्दिरका पुजारी र स्थानीय व्यक्तित्वहरूलाई महायज्ञ सञ्चालनमा गरेका उल्लेखनीय योगदानका लागि एक विशेष समारोहका बीच सम्मान गरिएको छ।

कार्यक्रममा नगरपालिकाले गर्नुपर्ने काम हिजो पनि गरेको थियो र आज गरिरहेको छ र भोलि पनि गर्नेछ भन्ने प्रतिबद्धता निलम लेखक जोशीले गर्नुभयो। त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले हामीले नैतिक शिक्षा दिन नसकेकाले आजको युवा कुलत देखि लिएर अन्य विकृतितिर लागेको बताउनुभयो।

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य माननीय प्रकाश रावलले २०७४ सालको प्रदेश सभाको निर्वाचन जितिसकेपछि सबै ठाउँको मन्दिरहरूमा आफूले सकेअनुसारको बजेट विनियोजन गरेको र यो मन्दिरमा अभिभावकत्वको कमी भएकाले यो मन्दिरमा पर्न सकेन।

अब आउने बजेटमा अघिल्लो हर्जना सहित यो मन्दिर को विकासको लागि काम गर्नेछु भन्ने प्रतिबद्धता जाहेर गर्नुभयो।सम्मानपत्र कञ्चनपुर सिद्धनाथ बैजनाथ धाम माताकोटियालाई सुविधा सम्पन्न स्मार्ट पार्क एवं धार्मिक पर्यटकीय स्थलको रुपमा विकासका लागि यही मिति २०८२ असोज २१ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको महायज्ञमा उल्लेख्य भूमिका निर्वाह गरेकोले सम्मानपत्र हस्तान्तरण गरेको श्री सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष गोरखबहादुर पूजाराले बताउनुभयो।

सम्बन्धित समाचार