शनि, जेष्ठ २३, २०८३

भिमदत्त नगरपालिकाकी उपमेयर सम्मानित


कञ्चनपुर — भिमदत्त नगरपालिकाकी उपमेयर नीलम लेखकलाई महायज्ञ सञ्चालनमा गरेका उल्लेखनीय योगदानका लागि एक विशेष समारोहका बीच सम्मान गरिएको छ।

सम्मानपत्र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा तथा सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष गोरख बहादुर पुजाराले संयुक्त रूपमा हस्तान्तरण गरे।कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय सरोकारवालाहरू तथा सहभागीहरूको उपस्थितिमा सम्मान समारोह सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

सम्बन्धित समाचार