कञ्चनपुर, मंसिर १५ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीले क्याम्पस परिसरमा नेपाली राष्ट्रिय झण्डा राखेका छन ।
केन्द्रीय क्याम्पस मानविकीय तथा समाजशास्त्र संकाय समाजशास्त्र सातौ सेमेष्टरका विद्यार्थीले क्याम्पस परिसरमा राष्ट्रिय झण्डा राखेका छन ।
समाजशास्त्रका अगुवा विद्यार्थी तेजेन्द्र लुहारले यस अघि राखिएको झण्डा पुरानो भएकाले अहिले फेरेको बताए ।
कार्यक्रममा उपप्राध्यापक बीर बहादुर सिह(ठकुरी) सहितका विद्यार्थी सहभागि भएका थिए ।

