शनि, जेष्ठ २३, २०८३

एमाले ११औँ महाधिवेशन कञ्चनपुरमा चुनाव र सर्वसम्मबाट प्रतिनिधी छनौट


कञ्चनपुर, १५मंसिर नेकपा एमालेको आउँदो २७ देखि २९ गते मंसिर ०८२ काठमाण्डौँमा हुने ११औँ महाधिवेशनका लागि कञ्चनपुरमा चुनाव र सर्वसम्मतबाटै प्रतिनिधी छनौट गरिएका छन ।

जिल्लाका तीन निर्वाचन क्षेत्र मध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत र दुईमा चुनावी प्रकृयाबाट महाधिवेशन प्रतिनिधी छनौट गरिएका हुन । नेकपा एमाले कञ्चनपुरका उपसचिव अशोक कुमार चन्दले निर्वाचन क्षेत्र १, ३मा चुनावी प्रकृया र क्षेत्र २मा सहमतीय आधारमा १६ जना महाधिवेशन प्रतिनिधी छनौट गरिएको बताए ।

निर्वाचन क्षेत्र १मा सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा(पातल)देखि पहिलो पटक बेलडाँडीबाट कल्पना गिरी निर्वाचित भएकी छिन । पुर्व माओवादीबाट एमाले प्रवेस गरेका थापाले सर्वाधिक मत ६३९ र कल्पना गिरीले ५सय १४मतका साथ निर्वाचित भएका हुन ।

जनयुद्धकालिन नेता पातलले माओवादीमान हुँदा राजकीय जिम्मेबारीमा थिएनन्, भने गिरीले ०७४ र ०७९दुई पटक बेलडाँडी गाँउपालिका उपप्रमुखकी उम्मेदवार बनेका थिईन । यस्तै क्षेत्र १बाटै एमाले जिल्ला सचिव पल्लवराज भट्टले ४९९८ मत ल्याएर यस पटक पनि महाधिवेशन प्रतिनिधी सुरक्षित बन्न सफल भएका छन ।

कल्पना चौधरी ५१७, काँशिराम बोहरा ५२१मतका साथ निर्वाचित भएका छन । क्षेत्र १मा २ हजार ८७मतदाता मध्ये १हजार ६०मत खरेका थिए । क्षेत्र ३मा पुर्व सांसद डा. दीपक प्रकास भट्ट पनि सर्वाधिक मतका साथ निर्वाचित भएका छन । भट्टले ५६७,पाटी जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले ३३७,युवा नेता ओम बस्नेतले ३५१मतका साथ निर्वाचित भएका छन ।

दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष समेत रहेका पुर्व अनेरास्ववियुका नेता ओम बस्नेतले आफु जिल्लाका दुई महाशक्ति गुट पराजित गर्दै निर्वाचित भएको बताए । उनले पोलिट्ब्यूरो सदस्य निरुदेवी पाल, राजेन्द्रसिह रावलका दुवै गुट पराजित गर्दै आफुलाई नेता कार्यकर्ताहरुले विश्वास गरेको बताए ।

‘म दुई महाशक्ति गुट पराजित गर्दै जितेको छु, ‘उनले भने, ‘म त कुनै गुटको पनि होईन स्वतन्त्र उम्मेदवार थिए, यहाँ त खुलादेखि युवासम्म अरुले गुट प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए मत एक्लै हो ।’ क्षेत्र ३मा १ हजार ३सय ८२ मतदाता मध्ये मत ८सय १६ मत खसेका थिए । दलित तर्फ पुनर्वासका आरपी सार्कीले ७४मतका साथ पुर्नवासकै दलित नेता भारमत सुनारलाई पराजित गर्दै महाधिवेशन प्रतिनिधी हात पारेका छन ।

सार्कीले १७२ र सुनारले ९८मत ल्याएका थिए । यस्तै दलित महिला तर्फ लक्ष्मी विक, क्षेत्र ३बाटै महिला कोटामा चिनी गिरी पहिल्यै निर्वाचित भएका थिए । निर्वाचन क्षेत्र मा वर्तमान देशको परिस्थिति अनुरुप सहमतीय आधारमा महाधिवेशन प्रतिनिधी छनौट गरेको नेताहरुले जनाएका छन।

नेकपा एमाले युवा नेता जगत सिहले सबै कलष्टर तर्फ सर्वसम्मतको प्रयास अनुरुप महाधिवेशन प्रतिनिधी छनौट गरिएको बताए ।

त्यसैगरी निर्वाचन क्षेत्र २बाट शुक्लाफाँटा नगरका मेयर समेत रहेका युवा नेता रण बहादुर महरा, बचन बहादुर सिह, पाटी जिल्ला अध्यक्ष लक्ष्मी बुढा,युवा प्रविन बोगटी र पार्वती जोशी निर्बिरोध चयन भएका छन । तीनै निर्वाचन क्षेत्रमा दर्शनौँ नेता कार्यकर्ता चुनावी मैदानमा उत्रिएका थिए ।

सम्बन्धित समाचार