शनि, जेष्ठ २३, २०८३

प्रजातान्त्रिक समाजवादी नेपालका केन्द्रीय सदस्य तथा किसान नेता भीमदत्त पन्तका भतिजा लोकराज पन्त राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश


कञ्चनपुर — प्रजातान्त्रिक समाजवादी नेपाल (प्रसपा) का केन्द्रीय सदस्य तथा किसान नेता भीमदत्त पन्तका निकटतम भतिजा लोकराज पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

रास्वपाको जिल्ला कार्यालय कञ्चनपुरमा निर्वाचन क्षेत्र नम्बर ३ ले आयोजना गरेको निर्वाचन केन्द्रित कार्यक्रममा उनले पार्टी सदस्यता ग्रहण गरेका हुन्।

लोकराज पन्तलाई रास्वपासँग जोड्ने औपचारिक प्रक्रिया रास्वपाका पूर्व प्रदेश इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव ज्ञानेन्द्र महता र खेलकुद विभागका केन्द्रीय उपप्रमुख घनश्याम बिष्टले संयुक्त रूपमा सम्पन्न गराएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले पन्तको प्रवेशले कञ्चनपुरमा रास्वपाको संगठन विस्तार र राजनीतिक प्रभावलाई थप मजबुत बनाउने बताएका थिए।

पन्तले पनि आफू रास्वपाको नीत–अवधारणा र नयाँ राजनीतिक संस्कृतिप्रति आस्थावान रहँदै सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

सम्बन्धित समाचार